दफा १२
पूरै जग्गा प्राप्त गर्ने
यस परिच्छेद बमोजिम जग्गाको केही भाग लिने कारबाही गर्दा सो जग्गाको धनीले पूरै घर जग्गा नेपाल सरकारबाट लिइयोस् भनी निवेदन गरेमा र उक्त स्थानमा निवेदकको केवल दुई विगाहा वा सो भन्दा कम जग्गा रहेछ भने सो जग्गाको केही भागमात्र लिने गर्न हुदैन । पूरै घर जग्गा यस परिच्छेद बमोजिम गरी लिनु पर्नेछ ।